सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा
रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना निर्माण व्यवसायीको चरम लापरबाहीका कारण अलपत्र परेको छ । निर्माण कार्य कछुवा गतिमा हुँदा सडक किनारका बस्ती, खेतीयोग्य जमिन र स्थानीयको जनजीवन नै जोखिममा परेको भन्दै स्थानीयवासीले तत्काल काम अघि बढाउन माग गरेका छन्। रामेछापको मन्थली नगरपालिका–६ स्थित सेलेघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारस्थित साँघुटार बजारसम्म […]