ब्राजिल, हाइटीविरुद्ध ३-० ले विजयी
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा ब्राजिलले हाइटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ। ब्राजिलका म्याथेस कुन्हा एक्लैले २ गोल गरेको खेलमा हाइटीको प्रदर्शन फितलो रह्यो। म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए। दोस्रो गोल पनि म्याथेस कुन्हाले नै ३६ मिनेटमा गरे। ब्राजिलका लागि तेस्रो गोल पहिलो हाफको अतिरिक्त […]