आज पनि विभिन्न प्रदेशमा भारी वर्षा

आज भदौ ११, बुधबार दिउँसो र रातिको सम्भावित मौसमबारे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो-देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

आज राति-कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली (आकाशमा पातलो बादल) रहनेछ।

कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ।