कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज च्याउको मूल्य आकाशिएको छ भने धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५६, टनेलको सानो गोलभेँडा ८८, रातो आलु ६५, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १११, लोकल बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, तने बोडी १७० रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १०५, लौका ५५, लोकल परबल ७०, घिरौँला ८५, डल्ले फर्सी ५०, पाकेको फर्सी ५०, कन्य च्याउ ३१०, डल्ले च्याउ ३७६, कुरिलो ९८७, ब्रोकाउली १४६ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५९, टनेलको सानो गोलभेँडा ९०, रातो आलु ६५, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ११०, लोकल बन्दा ४५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ७५, तने बोडी १५५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १०५, लौका ५०, लोकल परबल ७०, घिरौँला ६५, डल्ले फर्सी ५९, पाकेको फर्सी ५०, कन्य च्याउ २३०, डल्ले च्याउ ३४०, कुरिलो ८००, ब्रोकाउली १४६ रुपैयाँ प्रतिकिलो थियो।
