हिजो सर्किट ब्रेक लागेको बजार आज २१ अर्ब भन्दा बढी रुपैयाँको कारोबार

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार

प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन हिजो सोमबार लगातार सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार आज मंगलबार घटेको छ।

सोमबार १६२.९४ अंकले बढेर २८७५।४४ बिन्दुमा पुगेर कारोबार बन्द भएको शेयर बजार परिसूचक नेप्से आज ३२.०८ अंक घटेर २८४३.३५ बिन्दुमा पुगेको छ।

सोमबार ५५ करोड ५९ लाख रुपैयाँको कारोबार हुन पाएको बजारमा आज ३ सय २९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३ सय ५३ कित्ता शेयर खरिद(बिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ।

जुन २०८२ साउन ४ गतेयताकै सबैभन्दा ठूलो कारोबार रकम हो।

२०८२ साउन ४ गते २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो। अहिलेसम्मकै उच्च कारोबार भने २०८१ साउन ३१ गते २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको भएको थियो।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव १२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १४ अंक घटेको छ।

सालपा विकास बैंकर रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर लिमिटेड कम्पनीको १ अर्ब ९ करोड ७३ लाख ५५ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.१२ प्रतिशत घटेको छ।

 

  • Clock icon
    २०८२ फाल्गुन २६, मंगलवार