अमेरिका र चीनबीच ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’: सी चिनफिङ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।

सीले बेइजिङको ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गरे। त्यस क्रममा दुई नेताले हात मिलाए।

सो अवसरमा ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरिएको छ।

त्यसपछि सी र ट्रम्पबिच वार्ता सुरु भयो।

यस क्रममा सीले आफूहरूबिचको भेटवार्तामा विश्वको नजर रहेको उल्लेख गर्दै अमेरिका(चीन सम्बन्ध विश्वव्यापी स्थिरता लागि महत्त्वपूर्ण भएको बताए।

सीले भने, ‘दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।’

जवाफमा ट्रम्पले सीको प्रशंसा गर्दै भने, ‘तपाईंको मित्र हुन पाउनु सम्मानको कुरा हो।’

साथै ट्रम्पले अमेरिका र चीनबिचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताए।

उनले भने, ‘विश्वका केही प्रमुख व्यापारिक नेताहरूलाई मसँगै चीन ल्याएको छु।’

ट्रम्पको प्रतिनिधिमण्डलमा इलोन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओलगायत अमेरिकाका प्रमुख व्यापारिक नेताहरू छन्।

बैठकमा व्यापार, शुल्क, अर्धचालक, एआई, दुर्लभ पृथ्वी खनिज र ताइवानजस्ता मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।

चाइना पुगेका ट्रम्प र चीनका राष्ट्रपति सी चिनफङबिच आज भेट

 

 

नेपालखबरबाट साभार