अस्ट्रियाले जारी विश्वकपमा विजय सुरुवात गरेको छ।
आज बुधबार भएको समूह ‘जे’को खेलमा जोर्डनलाई ३–१ ले हराएको हो।
यससँगै अस्ट्रिया ३ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ।
उता पहिलोपटक विश्वकप खेलेको जोर्डनको भने डेब्यु नै खराब बनेको छ।
अमेरिकाको क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा पहिलो प्रतिस्पर्धामा २१औँ मिनेटमा रोमानो स्मिडले गोल गरी अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर पहिलो हाफपछि जोर्डनका अली ओलवानले गोल फर्काएपछि बराबरी भएको थियो।
तर खेलको ६७औँ मिनेटमा जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेपछि अस्ट्रिया २–१ ले फेरि अगाडि भएको थियो।
दोस्रो हाफको इन्जुरी समयमा डी–बक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि पाएको पेनाल्टीमा मार्को अर्नाटोभिक मार्कोले गोल गरेर अस्ट्रियालाई ३–१ को जित दिलाएका हुन्।
