जापान विश्वकमपबाट बाहिरियो ब्राजिल अन्तिम १६मा

फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउन्ड अफ ३२ को खेलमा ब्राजिल जापानलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २-१ गोलअन्तरले हराएको हो।

पाँचपटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै जित हासिल गरेको हो।

जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए।

त्यसपछि खेलको ५६ मिनेटमा मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक(एक गोलको बराबरीमा ल्याए।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल माटिनेलीले निर्णायक गोल गरेपछि जापानलाई २(१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो।