आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले जारी विश्वकपको प्रिक्वार्टरफाइनल ९अन्तिम १६० मा प्रवेश गरेको छ।
अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलमा नर्वेका एर्लिङ हालान्डले ३९ औँ र एन्टोनियो नुसाले ८६ औँ मिनेटमा गोल गरे। ७४औँ मिनेटमा आइभरी कोस्टमा अमाद डियालोले सान्त्वना गोल फकाए।
योसँगै चौथोपटक विश्वकप खेलेको नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। यसअघि सन् १९३८ र १९९८ मा नर्वे प्रिक्वार्टरफाइनलसम्म पुगेर बाहिरिएको थियो। सन् १९९४ मा भने नर्वे समूह चरणबाटै बाहिरिएको थियो।
अब नर्वेले क्वार्टरफाइनल ९अन्तिम ८ मा० प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
