कारोबारको दोश्रो दिन आज पनि नेप्सेमा गिरावट

  • Clock icon
    २०८३ श्रावण १२, मंगलवार

साताको दोस्रो कारोबार दिन आज मंगलबार शेयर बजार परिसूचक घटेको छ ।

आज नेप्से परिसूचक ४.६४ अंक अर्थात् ०.१७ प्रतिशतले घटेर २६९६.६७ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा झरेको थियो।

आज नेप्सेमा ९८ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ६६ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३ सय ४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८ सय ६३ कित्ता शेयर ५५ हजार ५ सय ८० पटक किनबेच भएको छ।

आज ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५ सय ४२ रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ८ करोड ८ लाख रुपैयाँको कारोबार भएको थियो।

आज एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स लिमिटेडको २७ करोड १४ लाख १७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ। ४ उपसमूहको कारोबार बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन ०.७९ प्रतिशत घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७४ प्रतिशत बढेको छ।

 

  • Clock icon
    २०८३ श्रावण १२, मंगलवार