रास्वपाको केन्द्रीय समिति बैठक:१३ विभागीय प्रमुख चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले १३ वटाका विभागका प्रमुख र उपप्रमुख मनोनयन गरेको छ।

हिजो शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विभागीय प्रमुख मनोनयन गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

रास्वपाले प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिकता विभाग प्रमुखमा रुविना आचार्यलाई मनोनित गरेको छ।

त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता र श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागमा दिपककुमार साह ९महोत्तरी०लाई प्रमुख बनाएको छ।

यसैगरी, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्या तथा समता प्रवद्र्धन विभाग प्रमुखमा रिमा विश्वकर्मालाई मनोनित गरेको छ।

रास्वपा केन्द्रीय समिति बैठकले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लीश्वोर कार्कीलाई मनोनित गरेको प्रवक्ता खरेलले जनाएका छन्।

यस्तै रास्वपाले बनस्थलीबाट केन्द्रीय कार्यालय सार्ने भएको छ।

केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालय सार्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए। केन्द्रीय कार्यालयका लागि जमिन वा घर खोजी गर्नका लागि सदस्य र शुभेच्छुकलाई अनुरोध गर्ने निर्णय गरेको खरेलले बताए।

प्रवक्ता खरेलका अनुसार, केन्द्रीय समितिको बैठकमा केन्द्रीय कार्यालय सार्ने विषयमा छलफल भएको थियो। बनस्थलीबाट अन्यत्र सार्नुपर्ने महसूस भएको हो।