अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा भेटिएका छन् ।
एन्फा अध्यक्ष र महासचिवसहित ४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको सिफारिस
जापानमा हिजो बुधबार र आज बिहिबार भएको एसियाली फुटबल महासंघका सदस्य तथा क्षेत्रीय फुटबल संघका अध्यक्ष र महासचिवहरूको सम्मेलनमा नेम्बाङ पनि सहभागी भएका हुन् ।
बंगलादेश फुटबल महासंघका उपाध्यक्ष नासेर शहरियार जहिदीले पनि नेम्बाङसहितको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।
नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाका अध्यक्ष नेम्बाङसहित महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो ।
जिल्ला अदालत ललितपुरले २३ असोजमा पक्राउ परेका कोषाध्यक्ष जोशी १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
अध्यक्ष नेम्बाङ र महासचिव राईको हकमा भने पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो । त्यसयता अध्यक्ष नेम्बाङ र महासचिव राई फरार छन् ।
