कौडा खेलिरहेका २ जना महिला सहित २१ जना पक्राउ, १२ लाख २९ हजार नगद पनि बरामद

  • Clock icon
    २०८३ कार्तिक १९, बिहीबार

जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौँको बुढानिलकण्ठबाट प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट १२ लाख २९ हजार ६ सय रुपैयाँ नगद रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

बुढानिलकण्ठ नगरपालिका ४ पासिकोटको दुई तले टिनको टहराबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद रकमसँगै कौडा, तास, २३ थान मोबाइल र सवारी साधनहरुसमेत बरामद गरिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा २ जना महिलासमेत छन्।