निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

  • Clock icon
    २०८३ कार्तिक १८, बुधबार

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त कार्यकारी अधिकृत भण्डारीलाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्।

नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले भण्डारीलाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले संस्थाको गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएको अर्थमन्त्रीको सचिवालयले बताएको छ।