महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा तुवाँलो र हुस्सु लागेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने छ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।