सामसङको नयाँ अभियानले प्रवासी योगदान सम्मान
काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित सामसङ नेपालले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र राष्ट्रका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने उद्देश्य राखेको छ। अभियानले सामसङको प्रविधिमार्फत जीवनलाई जोड्ने लक्ष्यलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। […]