प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीले बडादशैं २०८३ को अवसरमा आज बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी तथा उनीहरू परिवारका सदस्यलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एंव कार्कीकी श्रीमती नविना खत्री कार्कीले टीका ग्रहणका लागि उपस्थित कर्मचारीहरूलाई जमरा र प्रसाद प्रदान गरिन्।
ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान १० बजे देखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो।
टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो।
टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो।
