काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल उपाध्यक्षका उमेद्वार हूनुहुन्छ । एशोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । उक्त समुहमा कार्यकारिणी सदस्य पदमा शोभा ज्ञवाली ले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ। निजी क्षेत्रको सुदृढीकरण र महिला उद्यमशीलताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएकी ज्ञवाली अनुभवी र सक्षम नेतृत्वका रूपमा चिनिनुहुन्छ।
लैंगिक समानता, महिला सशक्तीकरण र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी ज्ञवाली विभिन्न सञ्चारमाध्यममार्फत आफ्ना धारणा राख्ने, अन्तर्वार्ता तथा विचार प्रस्तुत गर्ने कार्यमा पनि उत्तिकै सक्रिय रहनुभएको छ।
हेमराज ढकालको नेतृत्वमा रहेको प्यानलमार्फत उहाँको उम्मेदवारीले महासंघमा अनुभवी, समावेशी र नीतिगत रूपमा सबल प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रको दिगो विकास, महिला सहभागिता विस्तार र उद्यमशीलताको प्रवर्द्धनमा उहाँले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
