काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।
बैंकले उक्त शेयर बिक्रीका लागि इच्छुक लगानीकर्ताबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले वैशाख २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
आवेदन फाराम एनआईसी एशिया क्यापिटल तथा बैंकका विभिन्न शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। बैंकले संस्थापक शेयर बिक्रीमार्फत लगानी प्रक्रिया थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य राखेको जनाएको छ।
