फिफा विश्वकप २०२६:कतार र स्विजरल्यान्डले खेल र अंक बराबर

फिफा विश्वकप २०२६ कतार र स्विजरल्यान्डले खेल र अंक बराबर

फिफा विश्वकप २०२६ अन्तर्गत गएरातिको खेलमा कतार र स्विजरल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले १–१ को बराबरी खेलेर अंक बाँडेका हुन्।

इन्जुरी समयको पाँचौं मिनेटमा बोउलेम खोउखीले गोल गरेपछि कतार विश्वकपको इतिहासमै पहिलो अंक बटुल्न सफल भएको हो।

स्विस डिफेन्डर मानुइल एकान्जीले गल्ती गर्दा कतारले खेलको तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो। तर इडमिल्सन जुनियरको प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगर कोबेलले बचाउ गरेपछि कतारले गोल गर्ने अबसर खेर गयो।

खेलको १७ औँ मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्दै अग्रता लिएको थियो। ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरेर स्विट्जरल्यान्डलाई अग्रता दिलाएका छन्।

तर ६ मिनेटको इन्जुरी टाइमको पाँचौं मिनेटमा कप्तान खोउखीले गोल गर्दै कतारलाई १–१ को बराबरीमा ल्याएका हुन्।

२०२२ मा आफैँ आयोजक भएपछि कतारले पहिलो पटक विश्वकप खेलेको थियो। तर, त्यो बेला ३ खेलमै कतार एक गोल पनि गर्न नसकी पराजित भएको थियो।

२०१९ र २०२३ मा लगातार दुई पटक एसियन कप जितेको कतारमा स्थान बनाएको हो।

विश्वकप फुटबल समुह बीको पहिलो खेल कतारलाई पछि पार्दै स्विट्जरल्यान्डलाई अग्रता