बाढीपहिरोका कारण विभिन्न सडकमा आज पनि सवारी साधान बन्द

वर्षासँगैको बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्।

रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्ध छन्।

रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म अवरुद्ध रहेका प्रहरीले जनाएको छ।

त्यसैगरी नुवाकोटको टोखा(छहरे सडकमा पनि रातको सयममा गाडी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको पासाङ ल्यामु सडक खण्ड भने अर्को सूचना नभएसम्मका लागि पूर्णरूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका(१० को ज्वाङखोला र शितलबजारमा राजगमार्ग एकतर्फी मात्रै सुचारु छ।

त्यसैगरी आज पनि बीपी राजमार्गको खुर्कोट(नेपालथोक सडक खण्डमा रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालनको लागि पालो मिलाइएको प्रहरीले जनाएको छ।

उता संखुवासभाको मकालु गाउँपालिका( ४ नेताभिरमा पहिरो खस्दा कोसी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ।