गएराति उदयपुरमा स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

उदयपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

गएराति पौने ९ बजेतिर त्रियुगा नगरपालिका–११ संगम टोलमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ५२ वर्षका राम बहादुर कार्की छन्।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको थियो। उपचारको क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११ ढिम्की बस्ने अन्दाजी २३ वर्षका दिलिप केसीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।