विदेशमा बस्ने नेपाली नागरिकको मताधिकारबारे अध्ययन-बालेन
प्रधानमन्त्री बालेन्द्र साह-बालेनले बिदेशमा रहेका नागरिकलाई मताधिकारको अधिकार दिने विषयमा सरकारले अध्ययन गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद् महावीर पुनले सोधेका प्रश्नको जबाफ दिँदै शाहले विगतमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार हुँदा पनि यो विषय उठेको स्मरण गरे। ‘विदेशबाट कसरी मत दिने हामी अध्यन गर्नेछौँ,’ उनले भने, ‘विश्वमा कतिपय मुलुकले राजदूतावास र मोवाइलबाट भोट […]