नेपाल टेलिकमको प्रिपेड ग्राहक विवरण अब अनलाइनबाट अपडेट गर्न सकिने
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुलाई अनलाइन मार्फत ग्राहक विवरण (केवाइसी) अद्यावधिक गर्ने सुविधा उपलब्ध गराएको छ। कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा सुरु भएको यस सुविधा २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट उपलब्ध हुने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन्। गत पुस २२ गते सुन्धाराको दूरसञ्चार कार्यालयबाट यसको परीक्षण गरिएको थियो। […]