बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूसँग छलफल सुरु
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि सम्बन्धित लाइन मन्त्रालयहरूसँग औपचारिक छलफल सुरु गरेको छ। यसैक्रममा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पहिलो छलफल गरिएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको सचिवालयका अनुसार उक्त छलफलमा बजेटमा समावेश मन्त्रालयगत योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारीबारे छलफल केन्द्रित भयो। […]