सुर्खेतको सिम्तामा सञ्चार सेवाको गुणस्तर सुधार गर्न माग
सुर्खेतको सिम्ता गाउँपालिकामा सञ्चार सेवाको गुणस्तर सुधारको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । उद्योग वाणिज्य संघ–भेरी, उपशाखा सिम्ताको अगुवाईमा गाउँपालिकाका विभिन्न वडामा मोबाइल नेटवर्क तथा इन्टरनेट सेवामा सुधार ल्याउन माग गर्दै दूरसञ्चार प्राधिकरण कर्णाली प्रदेशलाई ज्ञापनपत्र बुझाइएको हो । सिम्ता गाउँपालिकाका वडा नम्बर १, २ र ३ का नागरिकले रातिको समयमा टेलिफोन गर्नसमेत समस्या भोग्नुपरेको […]