विगत लामो समयदेखि आम जनताको समस्या र तनावको विषय बनेको सहकारी समस्या झन् झन् पेचिलो बन्दै गइरहेको छ त्यसैको फलस्वरूप स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न माग गर्दै पीडित बचतकर्ताहरूले सोमबार बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन्।
सहकारीमा जम्मा गरेको बचत रकम नपाएको भन्दै आक्रोशित बचतकर्ताहरूले नाराबाजी गर्दै हेटौँडास्थित मन्त्रालय परिसरमा धर्ना दिँदै समस्याग्रस्त घोषणा गरी निक्षेप सुरक्षित गर्न सरकारलाई दबाब दिएका हुन् । बचतकर्ताहरूले एक वर्षअघि पनि मन्त्रालयमा उजुरी दिएको, तर सुनुवाइ नभएको भन्दै पुन: आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            