दक्षिण कोरियालाई पराजित गर्दै क्यानडा फिफा विश्वकप-२०२६ कोप्रिक्वार्टरफाइनल -अन्तिम १६ मा प्रवेश गरेको छ।
गएराति अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनमा प्रवेश गरेको हो।
क्यानडा जारी विश्वकपको सह-आयोजक समेत हो।
क्यानडाका लागि स्टेफेन युस्टाकियोले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो।
खेलको ९० मिनेटसम्म दुवै टोलीबाट कुनै पनि गोल भएको भएन। इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई जित दिलाएका हुन्।
निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भएका छन्।
तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक समूह चरणबाट बाहिरिएको थियो।
