रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ। आज नेप्सेमा सो योजनाको १२ करोड इकाई सूचीकृत भएको हो । इकाई सूचीकृत भएसंगै असार १० गतेबाट लगानीकर्ताले योजनाको इकाई खरिद बिक्री गर्न सक्ने छन्