जलवायु परिवर्तन र अनियन्त्रित विकासले नेपालमा विपद् जोखिम बढ्दै : प्रवक्ता महत
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा जलवायु परिवर्तन, अनियन्त्रित विकास निर्माण र बदलिँदो मौसमी प्रणालीका कारण विपद् जोखिम अझ बढ्दै गएको जनाएको छ । पृथ्वी दिवसको अवसरमा नीति३६५ सँगको विशेष कुराकानीमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी तथा वन डढेलो जस्ता विपद्बाट निरन्तर प्रभावित हुँदै आएको बताइन् […]