लुम्बिनी विकास बैंकका १ हजार ८०३ संस्थापक सेयर बिक्रीमा
लुम्बिनी विकास बैंक लिमिटेड ले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका विद्यमान संस्थापक सेयरधनी दिवाकर कुचेरियाले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकले प्रचलित नियामकीय व्यवस्थाअनुसार पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि आवेदन आह्वान गरेको छ। […]