राष्ट्र बैंकद्वारा ३० अर्ब निक्षेप संकलन, बजारमा स्थिरता ल्याउने लक्ष्य
काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज माघ १८ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। यस निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले ५२ दिनका लागि रकम तान्नेछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार, दिउँसो २:०० बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत इच्छुक बैंक र वित्तीय संस्थाले ब्याजदरमा बोलकबोल गर्न […]